You are viewing the translated version of कालोसूचीको निर्णय कार्यान्वयन सम्बन्धी विशेष व्यवस्था.

Rule 141A
कालोसूचीको निर्णय कार्यान्वयन सम्बन्धी विशेष व्यवस्था
सार्वजनिक खरिद अनुगमन कार्यालयले नियम १४१ बमोजिम कालोसूचीमा राखेको निर्णय उपर कुनै/बोलपत्रदाताले दायर गरेको निवेदनको आधारमा कुनै अदालतबाट आदेश जारी भई कालोसूचीमा राखे निर्णय स्थगन भएकोमा त्यसरी कालोसूचीमा राख्ने निर्णय अदालतबाट बदर भएको अवस्थामा बाहेक त्यस्तो आदेश खारेज भएमा सोको जानकारी प्राप्त भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले आफूले पहिले कालोसूचीमा राख्ने निर्णय गरेको मितिदेखि सो आदेश अनुसार कालोसूचीमा राख्ने निर्णय स्थगन हुनु अघिसम्म निज बोलपत्रदातालाई बोलपत्रको कारबाहीमा भाग लिन निषेध गरिएको अवधि कटाई बाँकी रहने अवधिको हिसाब गरी बाँकी अवधिको लागि पूर्व निर्णय बमोजिम कालोसूचीको निर्णय कार्यान्वयन गर्नु पर्नेछ।